छोरीलाई जबरजस्ति करणी गरेको अभियोगमा कास्कीबाट ३९ वर्षिय व्यक्ति पक्राउ

छोरीलाई जबरजस्ति करणी गरेको अभियोगमा कास्कीबाट ३९ वर्षिय व्यक्ति पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १३ गते शनिवार ०१:३२

आफ्नै नावालिग १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गरेको अभियोगमा कास्कीबाट ३९ वर्षिय बाबु पक्राउ परेका छन् । वर्ष ३९ का आफ्नै बाबुले १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए...

आफ्नै नावालिग १३ बर्षिय छोरीलाई जबरजस्ति करणी गरेको अभियोगमा कास्कीबाट ३९ वर्षिय बाबु पक्राउ परेका छन् ।

वर्ष ३९ का आफ्नै बाबुले १३ बर्षे नावालिग छोरीलाई बिगत केही बर्ष अगाडीदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । मङसिर ६ गते एउटा हाेटलमा लगी अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा मङसिर ९ गते दाेषी बाबुलाई पक्राउ गरेकाे हाे ।

हाडनाता करणी कसुरमा दाेषीबिरुद्ध कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएकाे छ ।

प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०१:३२
प्रतिक्रिया दिनुहोस