नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियो कोरोना, बसे आइसोलेशनमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई देखियो कोरोना, बसे आइसोलेशनमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १३ गते शनिवार ०९:४५

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको कोरोनाको रिर्पोट पोजेटिभ आएको छ ।बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएसँगै सन्दीपले आज बिहानै सामाजिक संजाल मार्फत आँफुलाई...

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको कोरोनाको रिर्पोट पोजेटिभ आएको छ ।बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट शुक्रबार आएसँगै सन्दीपले आज बिहानै सामाजिक संजाल मार्फत आँफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

उनले अहिलेसम्म आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र छिट्टै नै आँफु निको हुने कुरा ट्विटरमा लेखेका छन् । उनी आहिले सेल्फे आइसोलेशनमा छन् ।यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई पनि कोरोना देखिएको थियो ।

प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०९:४५
प्रतिक्रिया दिनुहोस