कोरोना व्यवस्थापनमा पर्वतको जलजलासहित ११ स्थानीय तह उत्कृष्ट

कोरोना व्यवस्थापनमा पर्वतको जलजलासहित ११ स्थानीय तह उत्कृष्ट

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १३ गते शनिवार ०९:५६

गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट...

गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् ।

स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि कोरोनाको समयमा गरेका बिभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।

कोरोनाको महामारीको समयमा सङ्क्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन, तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरूको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरूले गरेका थिए ।

प्रकाशित मिति २०७७ मङ्सिर १३ गते शनिवार ०९:५६
प्रतिक्रिया दिनुहोस