जाडोयाममा मूला खानुका यस्ता छन् फाईदा,

जाडोयाममा मूला खानुका यस्ता छन् फाईदा,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १५ गते सोमबार ०७:३८

जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि चिन्दछन् । तर धेरै कमलाई यसको...

जाडोयाममा खानपिनका खानेकुरा यति सजिलै उपलब्ध हुन्छन् कि शरीरलाई निकै सजिलै स्वस्थ राख्न सकिन्छ । जाडोयाममा सबैभन्दा धेरै खाइने खानेकुरामध्ये एक हो मूला । धेरैजसो मानिसले मूलालाई त्यसको स्वादका लागि चिन्दछन् । तर धेरै कमलाई यसको फाइदाबारे ज्ञान छ ।

जाडोयाममा मूला खाँदा शरीरलाई कुन–कुन रोगबाट टाढा राख्न सकिन्छ भन्ने बारे जानकारी लिऔं । रोग प्रतिरोधी क्षमता विकास गर्छः मूलामा उच्च मात्रामा भिटामिन सी पाइन्छ जसले चिसो मौसममा हुने कफ वा रुघा–खोकीबाट जोगाउँछ । मूलाले शरीरको रोग प्रतिरोधी क्षमता पनि बढाउने काम गर्छ । मूलाले शरीरलाई सिन्निन र जलन कम महसुस गराउन सहयोग गर्छ । रक्तचाप नियन्त्रणः

मूलाले शरीरलाई पोटाशियम प्रदान गर्छ जसका कारण रक्तचाप नियन्त्रणमा हुन्छ । यदि तपाईंलाई हाइपरटेन्सनको समस्या छ भने आफ्नो डाइटमा मूलालाई नछुटाइकनै समावेश गर्नुहोस् । आयुर्वेदका अनुसार मूलाले रगतमा शीतल प्रभाव पार्छ ।

मुटुरोगबाट जोगाउँछः मूला एन्थोसायनिनको राम्रो स्रोत मानिन्छ, यसले हाम्रो मुटुलाई सह ढङ्गले काम गर्न मद्दत गर्छ । दैनिक मूला खाँदा हृदय रोगको खतरा कम हुन्छ । मूलामा फोलिक एसिड र फ्लेवोनोयड्स पनि राम्रो मात्रामा पाइन्छ । मूलाले रगतमा अक्सिजनको आपूर्ति पनि बढाउँछ ।

फाइबरको राम्रो मात्राः मूलामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जो मानिसहरु हरेक दिन सलादको रुपमा मूला खान्छन् उनीहरुको शरीरमा कहिले पनि फाइबरको कमी हुँदैन । फाइबरका कारण पाचन तन्त्र सही ढङ्गले काम गर्छ । यसका साथै मूलाले कलेजो र पित्त थैलीलाई पनि सुरक्षित राख्छ ।

रक्त वाहिकालाई बलियो बनाउँछः मूलामा राम्रै मात्रामा कोलेजन पाइन्छ जसले हाम्रो रक्त वाहिकालाई बलियो बनाउँछ । यसका कारण एथेरोस्क्लेरोसिसजस्ता गम्भीर रोग लाग्ने सम्भावना पनि कम हुन्छ । मूलाले मेटाबोलिजम बढाउँछःमूला पाचन क्रियाका लागि मात्रै नभई यसले एसिडिटी, मोटोपना, ग्यास्ट्रिकको समस्यालाई पनि ठिक गर्न मद्दत गर्छ ।

छालाका लागि राम्रोः यदि तपाईंलाई चम्किलो छाला चाहिएको छ भने हरेक दिन मूलाको जुस पिउनुहोस् । यसमा भिटामिन सी र फस्फोरस हुन्छ । यसबाहेक यसले रुखो छाला र डण्डिफोरबाट पनि छुटकारा दिलाउन सक्छु । मूलाको रसलाई कपालमा लगाउँदा चायाँको समस्या रहँदैन र कपालको जरा बलियो हुन्छ ।

पोषक तत्वले भरपुरः रातो मूलामा भिटामिन इ, ए, सी, बी सिक्स र केले भरपुर हुन्छ । यसमा एन्टिअक्सिडेन्ट, फायबरलगायत पोटोशियम, फस्फोरस, म्याग्नेसियम, क्याल्सियम, आइरन र म्यागनिज राम्रो मात्रामा पाइन्छ । यी सबै पोषक तत्वले हाम्रो शरीरलाई स्वस्थवद्र्धक बनाउँछ ।

पिँडालु र सखरखण्डका यस्ता फाईदा, पिँडालु र सखरखण्ड खानाले शरीरमा फाइदा गर्ने विज्ञले बताएका छन् । पिँडालु सखरखण्ड लगायतका कन्दमुल खानाले शरीरलाई निक्कै फाइदा पुग्ने पोषणविद् योगिता सापकोटाले जानकारी दिनुभयो । पिँडालुमा भिटामिन बि, ई, पोटासियम, फोस्फोरस र म्याग्नेसियमजस्ता तत्त्व पाइन्छ ।

यी तत्त्व हाम्रो शरीरका लागि लागि निकै उपयोगी हुने उहाँको भनाइ छ । यस्तै पिँडालुले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ । ब्रत बसेको बेला पिँडालु खाँदा यसमा पाइने फाइबरले पेट भरीएको महशुस हुने उहाँको भनाइ छ ।

यस्तै, सखरखण्डले जाडोमा शरीरलाई न्यानो बनाइराख्न सघाउ पुर्याउने पोषणविद् सापकोटा बताउनुहुन्छ । सखरखण्डमा पाइने क्यालोरी स्टार्च, फाइबर, एन्टिअक्सिडेन्ट, क्यौरोटिनायड, भिटामिन ए, भिटा क्यारोटिनले मानव स्वास्थ्यलाई चाहिने आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले लाभदायीक हुने उहाँको भनाइ छ ।

तर सुगरका बिरामीले भने यो धेरै मात्रामा खान हुँदैन ।एकादशी लगायतका व्रतका बेला धेरै मानिसले पिँडालु, सखरखण्ड लगायतका कन्दमुल खने गर्छन् । यसैबीच काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा बुधबार १० टन पिँडालु र सखरखण्ड भित्रिएको छ ।

बुधबार र विहिबार एकादशी परेकाले कालीमाटीमा १० टन पिँडालु र सखरखण्ड भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सदस्य अर्जुन सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार अरु बेला पिँडालु र सखरखण्ड निक्कै कम मात्रामा भित्रने गरेको थियो ।

प्रकाशित मिति २०७७ मङ्सिर १५ गते सोमबार ०७:३८
प्रतिक्रिया दिनुहोस