प्रधानमन्त्री ओलीकै निर्देशनमा राजाबादीकाे जुलुस निस्किएको खुलासा, गणतन्त्रमाथि ओलीबाटै खतरा !

प्रधानमन्त्री ओलीकै निर्देशनमा राजाबादीकाे जुलुस निस्किएको  खुलासा, गणतन्त्रमाथि ओलीबाटै खतरा !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १७ गते बुधबार ०९:२२

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सडकमा राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भएको टिप्पणी गरेका छन्।मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी...

लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सडकमा राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भएको टिप्पणी गरेका छन्।मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखक संग्रौलाले यस्तो टिप्पणी गरेका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘ओलीतन्त्रको कुशासन र भ्रष्टाचार देखेर जनता वाक्क भएको मौका छोप्दै इतिहासको रछ्यानमा मिल्किएका बराबिचरा राजावादी भिउँटहरू गणतन्त्रविरूध्द सडकमा कुर्लिराछन्। स्वतन्त्रताप्रेमी जनता शंका गर्छन्- यो गणतन्त्रविरोधी विष-बमनमा कतै बयडगाडे कान्छाको हात र साथ त छैन ? सही प्रश्न! ’

राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा भइरहेको छ।

राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा हुन थालेपछि गृह मन्त्रालयले विरोर्ध याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रकाशित मिति २०७७ मङ्सिर १७ गते बुधबार ०९:२२
प्रतिक्रिया दिनुहोस