बोल्ड निर्णयको तयारीमा ओली, सितलनिवास र देउवा सँग गरे यस्तो सेटिंग !

बोल्ड निर्णयको तयारीमा ओली, सितलनिवास र देउवा सँग गरे यस्तो सेटिंग !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर १८ गते बिहिबार १०:१७

प्रधानमन्त्री केपी केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनतर्फ गइरहेको छ। विवाद समाधान गर्नका लागि बुधबार बोलाइएको सचिवालयमा प्रधानमन्त्री ओली सहभागी भएनन्। ओली सहभागी...

प्रधानमन्त्री केपी केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विवादले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनतर्फ गइरहेको छ। विवाद समाधान गर्नका लागि बुधबार बोलाइएको सचिवालयमा प्रधानमन्त्री ओली सहभागी भएनन्।

ओली सहभागी नहुँदा आज ९बिहीबार०का लागि बोलाइएको स्थायी कमिटी बैठक समेत बस्‍न सकेन। प्रधानमन्त्री ओली बैठकमा नआएपनि अध्यक्ष दाहालले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बैठक राखे। प्रधानमन्त्री ओलीबाहेक सचिवालयका ८ सदस्य सहभागी भए।

अध्यक्ष दाहालले राखेको सचिवालय बैठकले शनिबार सचिवालय र आइतबार स्थायी कमिटीको बैठक बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बुधबारको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि शनिबार बोलाइएको बैठकमा आउनुपर्ने उनले बताए। ‘हिजो बैठकमा उहाँ आउनुभएन। एक अध्यक्षबिना बैठक बस्दा उपयुक्त नहुने भएकाले उहाँलाई शनिबारको बैठकमा आउन आग्रह गरेका छौँ’ उनले भने, ‘पार्टीभित्रको संकट समाधान गर्नका लागि छलफल र बहस आवश्यक छ।’

विवाद समाधानका लागि प्रधानमन्त्री ओली बैठकमा आउनैपर्ने स्थायी कमिटी सदस्य मातृका यादव बताउँछन्। ‘उहाँले यसअघि पनि बैठकका नआउने गर्नुभयो थियो। तर, बहुमत सदस्यको दबावपछि आउने गर्नुभएको छ। त्यसैले उहाँ बैठकमा आएर सबैसँग छलफल गरेमा सबै समस्या समाधान हुन्छ’, उनले भने।

प्रधानमन्त्री ओली बुधबारको बैठकमा सहभागी नभएपछि २० गते सचिवालय र २१ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिसकेको अर्का स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन्।

‘उहाँ अब २० गते सचिवालयमा आउनुहुन्छ होला। सचिवालयमा छलफल हुन्छ। त्यसपछि २१ गते बस्ने स्थायी कमिटीले पार्टीभित्रको विवादको निकास निकाल्छ’, उनले भने, ‘उहाँ बैठकमा नआएर बहुमतले पार्टीको निर्णय गर्छ। पार्टीभित्रको विवादलाई लिएर सचिवालयमा झगडा गर्न किन जानु भन्‍ने लागेर बुधबारको बैठक नजानुभएको हुनसक्ने अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन्।

नेकपा फुट्नका लागि बनेको पार्टी होइन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० फुट्न र टुट्नका नबनेको बताएका छन्। सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवनको उद्घाटनपछि नेकपा नेता राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने दृढता व्यक्त गरेका हुन्।

अर्को प्रसङ्गमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर आएको बताए, ुहामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ उनले भने। कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए। उनले भने,ुअब कोरोनासँग लडेर अघि  बढ्नुको विकल्प छैन ।

प्रधानमन्त्री बोल्ड निर्णयको तयारी

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासमा झण्डै दुई घण्टा बिताएर फर्केका छन् । प्रधानमन्त्री ओली खाना खानेगरी नै शीतलनिवास पुगेका थिए ।

मन्त्रिपरिषद्‍को बैठक बस्‍नुअघि प्रधानमन्त्री आज विहान ११ बजे राष्ट्रपति निवास पुगेका थिए । उनी त्यहाँ लामै बसेको शीतलनिवास स्रोतले जानकारी दियो ।

नेकपा सचिवालयमा एक्लिँदै गएका ओलीले कुनै ुबोल्डु निर्णय लिने तरखर रहेको बालुवाटार स्रोतको दाबी छ । त्यही तयारी स्वरुपको भेटघाट भनिएको छ ।  यद्यपि प्रधानमन्त्री कार्यालयले उक्त भेटलाई नियमित भनेको छ ।

‘शीतलनिवासमा प्रधानमन्त्री आउनु भएको थियो । यहाँ खानासमेत खाएर लामै समय गफिएर फर्कनु भएको छ,’ शीतलनिवासका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीमा केही हडबडाहट र गम्भीरता देखिएको थियो ।’

पार्टीभित्रको किचलो मिलाउन शीतलनिवासलाई समेत उपयोगमा ल्याएका प्रधानमन्त्रीले यो बीचमा पटक पटक राष्ट्रपति भेटेका छन् । संसद बोलाउनुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ । तर अध्यादेशको तयारीमा समेत लागेका ओली पटक पटक पार्टी विभाजन सम्बन्धी अध्यादेशले विवादमा समेत आएका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर १८ गते बिहिबार १०:१७
प्रतिक्रिया दिनुहोस