ओली-प्रचण्ड आ-आफ्नै बाटोमा, नेकपा दुर्घटनातर्फ बढ्यो !

ओली-प्रचण्ड आ-आफ्नै बाटोमा, नेकपा दुर्घटनातर्फ बढ्यो !

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७७ मङ्सिर २० गते शनिवार ०६:४१

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन फिर्ता...

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज बस्ने भनिएको पार्टी स्थायी कमिटी बैठकमा सहभागी नहुने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा नजाने अडान लिएका छन् । प्रचण्ड भने सचिवालय बैठक गरेर अगाडि बढ्ने अडानमा कायमै छ ।

नेकपाभित्र ओली र प्रचण्ड आ आफ्नो बाटोमा बढेका छन् । दुवै एक अर्कालाई कारबाही गर्ने तयारीसम्म पुगेको अवस्था छ । प्रचण्डले सचिवालयमा बहुमत सदस्यका साथ निर्णय लिदै अगाडि बढ्ने तयारी गरेका हुन् । भोलि बस्ने तय भएको स्थायी कमिटी नरोकी थप निर्णयका लागि केन्द्रीय कमिटीमा जाने सम्मको तयारी बनाएका छन् ।

ओली र प्रचण्ड आ आफ्नो बाटोमा बढ्न खोजेपछि सहमतिको प्रयास हिजो साँझसम्म भएको थियो । आज विहान पनि त्यस्तो प्रयास भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहमति बनाउन सक्रिय छिन् । दुवै नेतालाई ब्याक गराउने प्रयास भएपनि सफल बन्न सकेको छैन ।

नेकपाभित्र ओली र प्रचण्ड आफ्नै अडानमा रहेर अगाडि बढ्दा दुर्घटनाको खतरा झन् बढेको छ । ओलीले राजीनामा नदिने बरु विभिन्न विकल्प सारेर प्रचण्डलाई चुनौती दिने तयारी गरेका छन् ।

प्रकाशित मिति २०७७ मङ्सिर २० गते शनिवार ०६:४१
प्रतिक्रिया दिनुहोस