रूपन्देहीमा प्रहरी कारबाहीमा मारिने साहनी ‘मोस्ट वान्टेड अपराधी’ भएको खुलासा

रूपन्देहीमा प्रहरी कारबाहीमा मारिने साहनी ‘मोस्ट वान्टेड अपराधी’ भएको खुलासा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस २९ गते आईतबार ०९:१५

काठमाडौं, पुस २९ । रूपन्देहीको शंखरापुरमा प्रहरी कारबाहीमा मारिएका केदार साहनी प्रहरीको सूचीमा ‘मोस्ट वान्टेड अपराधी’का रुपमा रहेको रहस्य खुलेको छ। शनिबार मध्यरातमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा मारिएका...

काठमाडौं, पुस २९ । रूपन्देहीको शंखरापुरमा प्रहरी कारबाहीमा मारिएका केदार साहनी प्रहरीको सूचीमा ‘मोस्ट वान्टेड अपराधी’का रुपमा रहेको रहस्य खुलेको छ।

शनिबार मध्यरातमा प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीको जवाफी कारबाहीमा मारिएका व्यक्ति यसअघि हत्याको अभियोगमा जेल परेरका र जेलबाटै भागेका अपराधी केदार साहनी भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

सिद्धार्थनगर नगरपालिका, गल्लामन्डीका साहनी नेपालमा अपराध गरेर भारततर्फ लुक्दै आएका अपराधी हुन् । भन्सार क्षेत्रमा चोरी तस्करीको धन्दा चलाउँदै आएका साहनीमाथि भैरहवाका आकाश गुरुङको हत्या गरेको आरोप छ । उनले २०७१ सालमा गुरुङलाई अपहरण गरेर नवलपरासी पुर्याएर हत्या गरेको प्रहरीले जनाएको छ।

गुरुङको हत्याअगाडि साहनी हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थिए। उनी २०६६ माघ २ गते अन्य ६ कैदीसहित सुरुङ खनेर भागेका व्यक्ति हुन्। जेलबाटै भागेको दुई महिनापछि पुनः पक्राउ परेका साहनी हातहतियार तथा कैदी भागे–भगाएको मुद्दामा पाँच वर्ष कैद सजाय भुक्तान गरेका व्यक्ति हुन्।

प्रहरी कारबाहीमा मारिएका साहनीमाथि बम विस्फोट, कर्तव्य ज्यान तथा फिरौती सम्बन्धी थुप्रै मुद्दा प्रहरीमा विचाराधीन रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय सीमापारि बसेर भैरहवा क्षेत्रमा विभिन्न आपराधिक गतिविधि सञ्चालन गर्दै आएका उनले आफैले हत्या गरेकी आकाशकी आमा उषाकिरण गुरुङलाई फोन गरेर आकाशको बच्चा मारिदिने धम्की दिने काम समेत गर्दे आएको प्रहरीले दावी छ। नेपालखबरबाट साभार

प्रकाशित मिति २०७५ पुस २९ गते आईतबार ०९:१५
प्रतिक्रिया दिनुहोस