स्वास्थ्यमा जटिलता, डा। केसीलाई इलाम अस्पताल लगियो

स्वास्थ्यमा जटिलता, डा। केसीलाई इलाम अस्पताल लगियो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ पुस ३० गते सोमबार ०५:४३

इलाम, चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा बिभिन्न माग राखी आन्दोलनमा उत्रेका डा। केसीको स्वास्थ्यमा जटिलता देखिएको छ । डा। केसीको छाती र मुटुमा समस्या देखिएपछि उनलाई आज बिहानै इलाम अस्पताल लगिएको हो । अस्पतालमा चिकित्सकहरुले...

इलाम, चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा बिभिन्न माग राखी आन्दोलनमा उत्रेका डा। केसीको स्वास्थ्यमा जटिलता देखिएको छ ।

डा। केसीको छाती र मुटुमा समस्या देखिएपछि उनलाई आज बिहानै इलाम अस्पताल लगिएको हो ।

अस्पतालमा चिकित्सकहरुले डा। केसीको स्वास्थ्य परीक्षण गरेका छन् ।

१६ औं पटक अनसनमा बसेका डा। केसीले सदनमा पेश गर्न लागिएको चिकित्सा शिक्षा विधेयकका केही प्रावधानमा असहमति राखेका छन् ।

उनी गत बुधबारदेखि अनसनमा बसेका हुन ।

अनशनको पाँचौं दिन आइतबार केसीको छातीमा समस्या देखिएको जिल्ला अस्पतालको चिकित्सक टोलीले बताएको थियो। उनी शनिबारदेखि उठ्न सकेका छैनन् ।

प्रकाशित मिति २०७५ पुस ३० गते सोमबार ०५:४३
प्रतिक्रिया दिनुहोस