कुश्मा नगरपालिकाले ग-र्यो कोभिड बिरामीलाई अस्पताल आउजाउ गर्न गाडीको व्यवस्था

कुश्मा नगरपालिकाले ग-र्यो कोभिड बिरामीलाई अस्पताल आउजाउ गर्न गाडीको व्यवस्था

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ १ गते शनिवार १०:३८

कुश्मा नगरपालिकाले नगरवासीको सुविधालाई मध्यनजर गदै कोभिड–१९ को जाँच, उपचार र व्यवस्थापनको लागि सवारी साधनको व्यवस्था गरेको छ । विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को जाँच र उपचार व्यवस्थापनको लागि नगरका...

कुश्मा नगरपालिकाले नगरवासीको सुविधालाई मध्यनजर गदै कोभिड–१९ को जाँच, उपचार र व्यवस्थापनको लागि सवारी साधनको व्यवस्था गरेको छ ।
विश्वव्यापी रुपमा फैलीरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को जाँच र उपचार व्यवस्थापनको लागि नगरका १४ वटै वडाबाट पर्वत अस्पतालसम्म आउजाउ गर्नका लागि सवारी साधानको व्यवस्था गरेको कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले जानकारी दिनुभयो ।

कोभिड–१९ का संक्रमित बिरामीहरुलाई उच्च ज्वरो वा श्वास प्रश्वास सम्बन्धी समस्या भएर पर्वत अस्पताल भर्ना गरि उपचार गर्न आवश्यक भएमा अस्पतालसम्म ल्याउनका लागि कुश्मा नगरपालिकाले ग १ ज ७५८१ नम्वरको जिप व्यवस्था गरेको नगर प्रमुख जोशीले बताउनु भयो ।
सवारी साधान व्यवस्थापनका लागि नगरपालिकाले नगरका अधिकृत धुर्वराज पौडेल, स्वास्थ्य प्रमुख उमाकान्त सापकोटा, सिनियर अहेव अधिकृत यामप्रसाद शर्मा, पुस्कल शर्मा र सवारी चालक शुशील परियारलाई जिम्मेवारी प्रदान गरेको छ ।
।

प्रकाशित मिति २०७८ जेठ १ गते शनिवार १०:३८
प्रतिक्रिया दिनुहोस