पर्वतमा थप १ संक्रमीतको घरमै मृत्यु, कुल मृत्यु संख्या १८ पुग्यो

पर्वतमा थप १ संक्रमीतको घरमै मृत्यु, कुल मृत्यु संख्या १८ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ २ गते आईतबार ०४:५४

जिल्लाको पैयुँमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ का ६१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । उनको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको पैयुँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम गुरुङले जानकारी...

जिल्लाको पैयुँमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ का ६१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

उनको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको पैयुँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम गुरुङले जानकारी दिए। वैशाख २४ गते स्वाव परिक्षण गर्दा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई घरमै राखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताए । अवस्था सामान्य भएपछि घरमै रहेका उनको एक्कासी मृत्यु भएको परिवार श्रोतले जनाएको छ ।

यो संगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ ।

प्रकाशित मिति २०७८ जेठ २ गते आईतबार ०४:५४
प्रतिक्रिया दिनुहोस