महामारीबाट जोगाउन कुश्मा ३ दुर्लुङले कोभिड परिक्षण क्याम्प सञ्चालन गर्ने

महामारीबाट जोगाउन कुश्मा ३ दुर्लुङले कोभिड परिक्षण क्याम्प सञ्चालन गर्ने

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ ३ गते सोमबार ०६:२१

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङले कोभिड १९ को प्रभाब तथा सोको नियन्त्रण  र  रोकथामको लागि बिभिन्न पहलकदमीको थालनी गरेको छ । आईतबार वडा अध्यक्ष तेज प्रसाद पाध्याको अध्यक्षतामा बसेको बैठकले वडा भित्रका नागरीकहरुलाई कोरना भाईरसको...

कुश्मा नगरपालिका वडा नम्बर ३ दुर्लुङले कोभिड १९ को प्रभाब तथा सोको नियन्त्रण  र  रोकथामको लागि बिभिन्न पहलकदमीको थालनी गरेको छ । आईतबार वडा अध्यक्ष तेज प्रसाद पाध्याको अध्यक्षतामा बसेको बैठकले वडा भित्रका नागरीकहरुलाई कोरना भाईरसको महामारीबाट जोगाउन बिभिन्न कार्यक्रम गर्ने निर्णय भएको छ । जसअन्र्तगत कार्यलयले कोभिड परिक्षण क्याम्प तथा ब्यवस्थापन र होम हाईसोलेसनको अनुगमन गर्ने भएको हो । बिश्वब्यापी रुपमा फैलिरहेको कोभिड १९ को प्रकोप वडामा समेत देखा परेको साथै दुर्लुङ स्बास्थ चौकिमा सञ्चालित फेवर क्लिनिकमा कोभिड सँग मिल्दा जुल्दा लक्ष्यण भएका बिरामीको चाप बढ्दै गएको कार्यलयले जनाएको छ । शंकास्पद तथा संक्रमित बिरामीसँग सम्पर्कमा आएकाहरुको कोभिड परिक्षण गर्नको लागि कुश्मास्थित स्बास्थ शाखासँग समबन्य गरी कोरना परिक्षण क्याम्प राख्ने निर्णय गरीएको वडा कार्यलयका सचिब याम पौडेलले ताजा न्युज २४ लाई जानकारी दिनुभयो ।

हाल वडा भित्र कोभिडका बिरामी समेत देखा परेकोले आगामि दिनमा बिकराल अबस्था आउन सक्ने स्थितीलाई मध्येनजर गर्दै त्यस्तो परिस्थिती आउन नदिनको लागि संक्रमित, संक्रमितसँग सम्पर्कमा रहेकाहरु र सम्भाबित शंकास्पद सम्पुर्ण नागरीकहरुलाई होम आईसोलेसनमा अनिबार्य रुपमा राख्ने र सोको अनुगमन गर्नको लागि वडा अध्यक्षको संयोजकत्वमा सम्पुर्ण वडा समितिका सदस्यहरु रहनेगरी ५ सदस्यीय अनुगमन समिति गठन गर्ने निर्णय समेत गरीएको सचिब पौडेलले बताउनुभयो ।

प्रकाशित मिति २०७८ जेठ ३ गते सोमबार ०६:२१
प्रतिक्रिया दिनुहोस