बागलुङमा कोरोनाबाट थप एक जनाको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

बागलुङमा कोरोनाबाट थप एक जनाको मृत्यु, जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ १० गते सोमबार ०६:२२

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । धौलागिरी अस्पताल बागलुङमा उपचाररत पुरुषको आईतबार राति उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य...

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । धौलागिरी अस्पताल बागलुङमा उपचाररत पुरुषको आईतबार

राति उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।  स्वास्थ्यमा समस्या भएपछि बैशाख २९ गते अस्पतालमा आएका उनको सघन उपचार कक्षमा उपचार गराईरहेका थिए । उनीमा निमोनिया र कोभिडको समस्या भएको बताइएको छ ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । जिल्लामा कोरोना संक्रमणको दर समेत दिनदिनै बढि रहेको छ । नागरिकलाई सरकारको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति २०७८ जेठ १० गते सोमबार ०६:२२
प्रतिक्रिया दिनुहोस