कोरोना कहर : हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

कोरोना कहर : हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ १३ गते बिहिबार १२:३१

बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका...

बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । ५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उनी घरमै आइसोलेसनमा थिइन् । तर जेठ ५ गते उनको घरमै मृत्यु भयो ।

त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रमण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । उपचारकै क्रममा जेठ ७ गते छोराको र जेठ १२ गते बुबाका मृत्यु भयो ।

एक हप्तामा एकै परिवारका तीनजनाको मृत्युको घटनाले स्तब्ध बनाएको मृतकका छिमेकी तथा बुटवल उपमहानगरपालिका-१० का वडाअध्यक्ष पदमबहादुर थापाले बताए ।

प्रकाशित मिति २०७८ जेठ १३ गते बिहिबार १२:३१
प्रतिक्रिया दिनुहोस