नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ

नवलपुरमा नगद सहित १८ जना जुवाडे पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ जेठ ३१ गते सोमबार ०७:५३

नवलपुरका फरक फरक ठाउँबाटबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार ९ सय ९५ रुपैंया नगद र १२ बुक तास समेत...

नवलपुरका फरक फरक ठाउँबाटबाट तास खेलिरहेका १८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कावासोती र गैंडाकोटबाट १८ जनालाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट प्रहरीले पाँच लाख ३५ हजार ९ सय ९५ रुपैंया नगद र १२ बुक तास समेत नियन्त्रणमा लिएको जनाएको छ ।
कावासोती नगरपालिका–२ स्थित लोकतान्त्रिक चोकमा रामजी पाण्डेको घरमा तास खेलेका ८ जनालाई ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक ताससहित आईतवार राती नियन्त्रणमा लिएको हो ।
यस्तै, शनिवार गैंडाकोट– १३ स्थित धनबहादुर सापकोटाको होटलमा तास खेल्दै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो । उक्त खालबाट प्रहरीले ३९ हजार ८ सय ७५ रुपैंया नेपाली मुद्रा र ५ सय को भारतीय नोटसहित कुल ४० हजार ६ सय ७५ रुपैंया तथा ४ बुक तास नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जनाएका छन् ।
प्रहरीले सो होटलबाट जुवाडे पक्राउ गरेको डेढ घण्टापछि गैंडाकोट १३ मै रहेको प्रेमबहादुर भण्डारीले सञ्चालन गरेको होटलबाट ७ जना जुवाडेलाई नगद ६२ हजार ७ सय २५ रुपैंया र ४ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।

दाउन्नेवाट लागुऔषध सहित दुई जना पक्राउ

यता नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । सोमवार बिहान पुर्वपश्चिम मुख्य मार्ग अन्तर्गत दाउन्नेवाट मोटरसाईकलमा सवार दुई जनालाई पक्राउ गरेको छ ।
पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको लु ६ प १३०१ नम्बरको मोटरसाईकलमा सवार चालक नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं. ४ तुरीया बस्ने बर्ष २२ को बासुदेब कुमाल र सोही ठेगाना भएका बर्ष २३ को सुनिल पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट डाईजापम ४५ एम्पुल, नुफिन ४५ एम्पुल, फेनारगन ४६ एम्पुल, स्पास्मो ८ क्याप्सुल र नाईट्राभेट २८ ट्याप्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ जेठ ३१ गते सोमबार ०७:५३
प्रतिक्रिया दिनुहोस