नेपालमा थप २ हजार ६ सय ७ जना संक्रमित थपिए : निको हुने कति

नेपालमा थप २ हजार ६ सय ७ जना संक्रमित थपिए : निको हुने कति

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असार ३ गते बिहिबार १२:१८

नेपालमा थप दुई हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६ सय ७ जनाको नतिजा पोजिटिभ आएको हो। सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार...

नेपालमा थप दुई हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४८४ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ६ सय ७ जनाको नतिजा पोजिटिभ आएको हो। सात हजार ७११ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६८ र चार हजार ७७३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३९ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या आठ हजार ५९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार १४१ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या पाँच लाख ४५ हजार ६६२ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ६१ हजार ७२५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ।

प्रकाशित मिति २०७८ असार ३ गते बिहिबार १२:१८
प्रतिक्रिया दिनुहोस