मौसम विभागको विशेष बुलेटिनः साउन २ देखि ४ सम्म धेरै ठूलो वर्षाको सम्भावना

मौसम विभागको विशेष बुलेटिनः साउन २ देखि ४ सम्म धेरै ठूलो वर्षाको सम्भावना

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १ गते शुक्रबार ०२:१५

हाल देशभर मनसुन सक्रिय रहेको र साउन २ गतेदेखि ४ गतेसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराईनजिकै आउने तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि प्रशस्त मात्रामा भित्रिने भएको विभागले जानकारी दिएको हो।

जल तथा मौसम विज्ञान विभागले बिहीबार विशेष मनसुन बुलेटिन-५ जारी गर्दै साउन २ गतदेखि ४ गतेसम्म व्यापक वर्षा हुने सम्भावना देखिएकाले विशेष सतर्कता अपनाउन सबैलाई सुझाव दिएको छ।

हाल देशभर मनसुन सक्रिय रहेको र साउन २ गतेदेखि ४ गतेसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराईनजिकै आउने तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि प्रशस्त मात्रामा भित्रिने भएको विभागले जानकारी दिएको हो।

त्यसो हुँदा देशका धेरैजसो स्थानमा हल्कादेखि भारीसम्म वर्षा तथा कतिपय ठाउँमा धेरै भारीसम्म वर्षा हुने सम्भावना देखिएको विभागले जनाएको छ।

‘सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षार धेरै भारी वर्षाको सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागद्वारा जारी बुलेटिनमा भनिएको छ।

यस अवधिमा देशका पहाडी भेगमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा आग्रह गरेको छ।

बुलेटिनमा भनिएको छ, ‘मौसम पूर्वानुमान महाशाखाले मनसुन निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।

प्रकाशित मिति २०७८ साउन १ गते शुक्रबार ०२:१५
प्रतिक्रिया दिनुहोस