जलजला गाउँ पालिका पर्वतको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् ।क्षेत्री कुश्मा नगरपालिकाबाट सरुवा भएका हुन् गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल सरुवा भएपछि क्षेत्रीले पदभार ग्रहण गरेका हुन ।
पौडेल मुख्य मन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले स्वागत गरेका छन् ।
पदभार ग्रहण गरेपछि क्षेत्रीले कार्य सम्पादन गर्दा न्यायोचित र निश्पक्ष तरिकाले गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।क्षेत्रीलाइ स्वागत गर्दै अध्यक्ष मल्लले जनताले दुःख नपाउने गरी कर्मचारी प्रणाली मार्फत काम गर्न निर्देशन दिएका छन् ।
क्षत्री कुश्मा नगरपालिका बाट सरुवा भएर जलजलामा गएका हुन् ।।
प्रकाशित मिति २०७८ साउन ५ गते मङ्गलबार ०६:५०