लामो दूरीका सवारी साधन सञ्चालन, बसपार्कमा छैन यात्रुको चहलपहल

लामो दूरीका सवारी साधन सञ्चालन, बसपार्कमा छैन यात्रुको चहलपहल

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन ९ गते शनिवार ०६:०२

आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन ।काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको...

आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आए पनि यात्रुहरुको चहलपहल भने देखएको छैन ।काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्कबाट बसहरु विभिन्न गन्तव्यमा छुट्नका लागि तयार भए पन यात्रुहरुको चहलपहल भने निकै कम देखिएको छ ।

सधैं भीडभाड देखिने बसपार्क सुनसान छ भने टिकटकाउन्टर पनि खाली देखिन्छन् ।आज पहिलो दिन भएकोले र धेरै उपत्यका बाहिर भएकोले पनि यात्रु कम देखिएको यातायात व्यवसायी बताउँछन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार मात्रै सूचना जारी गर्दै लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो ।
विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पूरा गर्ने गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति २०७८ साउन ९ गते शनिवार ०६:०२
प्रतिक्रिया दिनुहोस