क्रियाशील सदस्यताबारे प्रतिवेदन देउवालाई हस्तान्तरण

क्रियाशील सदस्यताबारे प्रतिवेदन देउवालाई हस्तान्तरण

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १२ गते मङ्गलबार ०८:५३

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो। देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी...

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो। देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो।

१४ औं महाधिवेशनको कार्यतालिकाबारे बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। तर, प्रतिवेदन बुझाउने क्रममा समितिमा सहमति भने जुट्न सकेन। समितिका सदस्य कल्याण गुरूङले प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका छन्। छानबीनको काम नसकिइ, विवाद समाधन नभइकन प्रतिवेदन बुझाइएको भन्दै गुरूङले नोट अफ डिसेन्ट लेखेका हुन्।

महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद नेपाली कांग्रेसभित्र नियमित आकस्मिकता नै हुँदै आएको छ। पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुंग नलाग्दा अधिवेशनको मिति तय हुन सकेको छ। क्रियाशील सदस्यताकै विषयलाई लिएर आन्दोलनदेखि अनशनसम्मका गतिविधिहरु कांग्रेसभित्र जारी छ।

प्रतिवेदनले चार जिल्लामा कायम विवादका विषय सुल्ट्याउन सकेको छैन। बुझाइएको प्रतिवेदनमा छानविन समितिका सदस्य कल्याण गुरुङले नोट अफ डिसेन्ट लेखेका छन्। उनको फरक मतले पनि कांग्रेसको क्रियाशील सदस्यता विवाद कति जटिल मोडमा छ भन्ने बुझ्न सकिन्छ। साथै यसले पार्टीको महाधिवेशनलाई अनिश्चिततातर्फ धकेलेको पनि आंकलन गर्न सकिन्छ।

कांग्रेसभित्र क्रियाशील सदस्यको संख्या नै ८ लाखभन्दा माथि नाघेको छ भने ४ लाखभन्दा धेरै त नयाँ सदस्यमात्र रहेको छ। यो समितिले धनुषा, सर्लाही, बारा र सप्तरी जिल्लामा विवादित भएको क्रियाशील सदस्यताको विषयलाई भने टुंगो लगाउन सकेको छैन।

प्रकाशित मिति २०७८ साउन १२ गते मङ्गलबार ०८:५३
प्रतिक्रिया दिनुहोस