पर्वत कुश्मा बजारका दुई स्थानमा ‘डमी ट्राफिक प्रहरी’ राखेको छ । ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले लायन्स क्लव अफ पर्वत गुप्तेश्वरले कुश्मा बजारका मैत्रीचोक (मेघा बैकं ) र शिवालय चोकमा डमी ट्राफिक प्रहरी राखेको हो ।
सदरमुकाम कुश्मा बजारमा बढ्दो यातायातका साधनले जोखिम बढाउन सक्ने संभावना बढ्दै गएपछि सडकमा हिँड्ने पैदल यात्रु र सवारी साधनको सुरक्षाका लागि डमी ट्राफिक प्रहरी राखिएको े लायन्स क्लव अफ पर्वत गुप्तेश्वर अध्यक्ष अर्जुन पौडेल ‘निर्जन’ ले बताउनु भयो । डमी ट्राफिक प्रहरीका हातमा विभिन्न सचेतना मुलक सन्देश लेखिएका प्लेकार्ड राखिएको छ । पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियमसम्बन्धी सचेतना जगाउने, लेन अनुशासन लगायतको बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्नु प्रमुख उद्देश्य रहेको उहाँको भनाई छ ।
सडकमा उभिएको डमी टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरी जस्तै देखिन्छ । ट्राफिक प्रहरीकै टोपी, टाई चस्मा र पोशाकमा सजिएको डमी ट्राफिक प्रहरी देखेपछि सवारी नियम सम्झाना हुने र सवारी साधानको गति नियन्त्रण गर्न दवाव हुने ट्राफिक प्रमुख कृष्ण खड्कले बताउनु भयो ।
डमीका दुई हातलमा ट्राफिक नियमसम्बन्धी सचेतनामुलक सन्देश लेखिएको बोर्ड राखिएको छ । जसले चालकहरुलाई सतर्क मात्र होइन ट्राफिक नियमबारे जानकारी गराईरहन्छ । यसले लगातार ट्राफिक प्रहरी बस्नुपर्ने स्थानहरुमा केही सहजीकरण हुने विश्वास ट्राफिक प्रहरीको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक शिवराज बुढाथोकीले ट्राफिककै आकृतिमा बोर्ड राखिँदा सवारी चलाउने बेला लापरबाही गर्नु हुँदैन भन्ने मनोबैज्ञानिक प्रभाव चालकमा पर्ने र जनताले पनि ट्राफिक प्रहरीले दिनरात सेवा दिईरहेको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले डमीले ट्राफिक प्रहरीको काम गर्ने बताउनु भयो । उहाँले मुलुकका अन्य शहरमा डमीको प्रभावकारीता बढ्दै गएको अवस्थामा कुश्मा बजारमा पनि यसको आवश्यकता रहेको बताउनु भयो । उहाँले लायन्स गुप्तेश्वरले राम्रो कामको थालनी गरेको भन्दै यस अभियान जोडिन जिल्लावासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा लायन्स कल्ष्टर चिफ अर्जुन सुवेदी, लायन्स क्लव अफ पर्वत गुप्तेश्वरकी प्रथम उपाध्याक्ष कल्पना कुमारी शर्मा र कार्यक्रमको संचालन लायन्स धनराज वि. पौडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार ०७:०८