सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु छलफलमा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन १८ गते सोमबार ११:३९

आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो। सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो। काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सहभागी छन्। छलफलमा मन्त्रिपरिषद् विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने बुझिएको छ।

आजै सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बसेको थियो। सो बैठकले सरकार सञ्चालनका सन्दर्भमा तीन वटा विषयमा डकुमेन्ट ड्राफ्ट गरेको थियो। काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको काँग्रेस, माओवादी र जसपा सम्मिलित कार्यदलले सरकार सञ्चालनका सन्दर्भमा सैद्धान्तिक सहमति जुटाउने प्रयास गरिरहँदा तीन विषयमा डकुमेन्ट ड्राफ्ट गरेको हो।

कार्यदलका सदस्य रमेश लेखकका अनुसार ड्राफ्ट गरिएका तीन वटा डकुमेन्टमा न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालनको कार्यविधि र आचारसंहिताको सवाल रहेको छ। यसबारे कार्यदलमा थप छलफल चलिरहेको र छिटै अन्तिम रूप दिइनेछ। कार्यदलको बैठक मन्त्री छनोट र नियुक्तिका विषयमा भने प्रवेश नगरेको कार्यदलका सदस्य लेखकले जानकारी दिए।

शीर्ष नेताको बैठकमा कार्यदलको ड्राफ्टका साथसाथै मन्त्रिपरिषद् विस्तारको विषयमा सहमति जुटाइने बताइएको छ। नेताहरूका अनुसार देउवा सरकारलाई सघाएको माधव नेपाल पक्ष भने सरकारमा सहभागी नहुने मुडमा देखिएको छ। शीर्ष नेताको बैठकमा पनि आज नेपाल सहभागी छैनन्।

प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार ११:३९
प्रतिक्रिया दिनुहोस