सामुदायिक वनप्रति वन उपभोक्ता समूहको चासो

सामुदायिक वनप्रति वन उपभोक्ता समूहको चासो

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ साउन २६ गते मङ्गलबार ०३:४२

पछिल्लो समयमा सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति पश्चिम नवलरासीका सामुदायिक वन उपभोक्ता समूहहरुले चासो व्यक्त गरेका छन्। सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासी...

पछिल्लो समयमा सामुदायिक वन अतिक्रमणको चपेटामा पर्दै गएकोप्रति पश्चिम नवलरासीका सामुदायिक वन उपभोक्ता समूहहरुले चासो व्यक्त गरेका छन्।

सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासी एवं स्थानीय महासंघ सुनवलले आयोजना गरेको सामुदायिक वनका सफलता एवं आगामी कार्यदिशा र सवाल विषयक अन्तरक्रिया कार्यक्रमका वोल्दै सहभागि उपभोक्ता समूहहरुले विभिन्न विकास तथा निकासका वहानामा सामुदायिक वनको अतिक्रमण वढेको बताएका छन्।

साथै उनिहरुले आ-आफ्नो वनको कार्यप्रगतीका बारेमा जानकारी गराउदै विभिन्न तरिकाले वन अतिक्रमण बड्दै गएको र घाटगद्दि गरेको काठदाउरा समयमै वेचविखन गर्न ,नपाउँदा भावि कार्ययोजना समेत प्रभावित वनेको बताएका छन्।

त्यस्तै खोलाबाट हुने कटान, भूक्षय, चोरी तस्करी, आगोलागी, उद्योगबाट हुने प्रदुषण निति नियम र नेतृत्वमा हुने फेरवदल जस्ता समस्याहरु सामुदायिक वनमा रहेको उनिहरुको भनाइ छ। त्यस्तै कतिपय नीतिगत व्यवस्थाहरु पनि समस्याका रुपमा रहेको वताएका छन्।

गतवर्ष देखि सरकारले सामुदायिक वनको काठदाउरा कटान साथै विक्रिवितरण गर्न प्रतिवन्ध लगाएसँगै सामुदायिक वनका गतिविधिमा अवरोध आएको स्थानीय महासंघ सुनवलका अध्यक्ष दिलिप चापागाईले बताए।

नेपाल सरकारको निर्णयले सामुदायिक वनमा आएका समस्याहरु समाधान गर्न सम्वन्धीत निकायहरुमा आवज वुलन्द गर्दै आएको अध्यक्ष चापागाईको भनाइ छ।

साथै विषम परिस्थीतिमा पनि समूहहरुलाई क्रियाशिल वनाउन स्थानीय महासंघ संक्रिय रहेको चापागाइले बताए।त्यस्तै सामुदायिक वनको अतिक्रमण लगाएतका समस्या समाधानका लागि सामुदायिक वनको विधान र कार्ययोजना माथि छलफल गर्ने, कार्ययोजना बनाउने र समूहहरुलाई गोलवन्द गर्ने साथै सरकार र सम्वन्धित निकायको ध्यानाकर्षण गराएर समन्वय गर्ने जस्ता कार्यहरु गरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पश्चिम नवलपरासीका अध्यक्ष कमल परियारले बताए।

त्यस्तै विधान सम्मत सामुदायिक वनहरु चल्नुपर्ने र सामुदायिक वनको थप हक अधिकार स्थापित गर्न सक्रीय हुनुपर्ने सामुदयिक वन उपभोत्ता महासंंघ जिल्लाका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष कण वहादुर शेनले बताए।

सामुदायिक वनमा देखिएका समस्या समाधान गर्न सामुदायिक वनसंग सम्वन्धित कानून वनाउन सरकारसंग वहस साथै समिक्षात्मक वैठक गरेको र नबाझिने गरी कानुन वनाउन सुझाव दिए पनि कान्यवयन नहुदा विभिन्न समस्याहरु झेल्नु परेको सामुदायिक वन उपभोत्ता महासंघ नेपाल लुम्विनी प्रदेश सचिवालय सदस्य नारायण पण्डेले बताए।

साथै सरकार र सम्वन्धित निकायहरु संग वारम्वार बहस पैरवी भैरहेको उनले बताए।विसासय सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा भगवती सामुदायिक वन, विसासय सामुदायिक वन, जउदय सामुदायिक वन, कोटहिदेवि सामुदायिक वन संसारकोटा सामुदायिक वन, वनदेवि, आर्दश, मुलपानी, डम्भरभार, मामिशतशरिया, चिसापानी लगाउतका सामुदायिक वनहरुको सहभागिता रहेको जिल्ला महासंघ पश्चिम नवलपरासी सचिव शारदा पोखरेलले जानकारी दिइन्।

प्रकाशित मिति २०७८ साउन २६ गते मङ्गलबार ०३:४२
प्रतिक्रिया दिनुहोस