प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष तयार नभएको बताएका छन्। प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले बताए।
काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए। निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्ने बताए।
बैठकमा काँग्रेस नेता जीवनबहादुर शाहीले चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताएका थिए। भेलामा प्रधानमन्त्री देउवाले भने, ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्।’
पूर्णबहादुर खड्काले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताएका थिए। प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आइरहेका छन्।
प्रकाशित मिति २०७८ साउन २८ गते बिहिबार ०७:०४