नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको छ ।दशैँलगायतका चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको छ । नयाँ नोट लिन चाहनेहरुले आगामी असोज ४ गतेदेखि नै पाउने भएका छन् ।
राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले सर्वसाधारणका लागि असोज ४ देखि असोज २४ सम्म नयाँ नोट पाउने जानकारी दिएका छन् । उनकाअनुसार राष्ट्र बैंकको बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट दिनेछ ।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो ।
प्रकाशित मिति २०७८ भदौ ३१ गते बिहिबार ०८:४१