नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्द्रले पोल भाडा नतिरेको भन्दै जिल्लाका विभिन्न स्थानमा रहेका सेवा पदायकको तार काटेको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रिय निर्देशन अनुसार कुश्मा वितरण केन्द्रले पोल भाडा नतिर्ने इन्टरनेट तथा केबुल टिभी प्रदायकको तार काटेको हो ।
नेपाल विद्युत प्राधिकरण कुश्मा वितरण केन्दका निमित्त प्रमुख प्रकाश काफ्लले जिल्लाको जलजला गाउँपालिका र कुश्मा नगरपालिका–९ कटुवाचौपारीवाट तार काट्ने अभियानको शुरु गरिएको जानकारी दिए । उनका अनुसार सम्झौता नगरी केवल, ईन्टरनेट सेवा प्रदायक कम्पनिहरूले विद्युतिय संरचनामा प्रयोग गरेका केवल, तार, फाईवर लगायत अन्य उपकरणहरू तार काट्ने र हटाउने गरिएको बताए । पटक–पटक पत्राचार गर्दा पनि सम्झौता नआएको कारणले तार काटिएको उनको भनाई छ ।पर्वतमा आज ६ वटा सेवा प्रदायकको तार काटेको छ ।
प्राधिकरणले नयाँ मुल्य अनुसार भाडा नतिरेको तथा पुरानो बक्यौता समेत नतिर्ने प्रदायकलाई यसअघि नै सार्वजनिक सूचना जारी गरी असोज १५ गते भित्र पोल भाडा तिर्न ताकेता गरेको थियो ।
प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०१:४७