युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्ष मा वीरेन्द्र जोशी र उपाध्यक्ष मा दिपेन्द्र ऐरि निर्वाचित भएका छन । सनिवार गरिएको जिल्ला सम्मेलनबाट अमिर कुवर, सचिब नरेस बिष्ट,सह सचीव हिक्मत चौधरी,कोषाध्यक्ष कल्पना जोशी गरि ६३जना जिल्ला समितिमा नब निर्वाचित भएका हुन् ।
यस संगठनले समाजमा व्याप्त विकृति विसंगती र वेरोजगार युवाकालागि डटेर संघर्स गर्ने संगठनका सेती महाकाली व्युरो सचिवमनमोहन जोशीले जानकारी दिए ।
जोशीले भने, देशको विकृत राजनैतिक संस्कारलाई हटाउन सम्पूर्ण युवा शक्तिहरु एक ठाउँमा ल्याएर युवाहरुको क्रान्तिकारी संगठन युवा संगठन नेपालमा गोलबद्ध गराउने कार्यमा हामी सक्रिय र तिब्र गतिमा अघि बढ्ने छौँ । हाम्रो संगठनले सधैं वैदेशिक हस्तक्षेपको विरोध गर्नेछ ।, उनले भने कञ्चनपुरको भीमदत्तनगरपालिकाको नगर विकास समितिको अवैध जग्गा अतिक्रमण फिर्ता गराउन संगठनले जोरदार माग र संघर्स गर्नेछ ।
सम्मेलनमा पार्टी केन्द्रीय सदस्य प्रमुख अथिति ओम प्रकाश पुन र अतिथिमा पार्टी केन्दीय सदस्य महान, पार्टी केन्द्रीय सदस्य अग्नि धामी , युवा संगठन नेपाल का केन्द्रीय सदस्य तथा सेती महाकाली व्युरो संयोजक श्याम भट्ट ,संगठन का केन्द्रीय सदस्य भुवन कुँवर , संगठनका सेती महाकाली व्युरो सचिव मनमोहन जोशी, कृष्णपुर नगरालिका इन्चार्ज डम्बर विष्ट, शिक्षक संगठन का अध्यक्ष ओम प्रकाश जोशी, बुद्धिजीवी संगठन का जिल्ला अध्यक्ष भैरव भट्ट,विद्यार्थी संगठनका केन्द्रीय सदस्य ललित एसके र जिल्ला अध्यक्ष टेकेन्द्र पाठक लगायत विभिन्न जन वर्गीय संगठन का प्रमुखहरुले सम्बोधन गरेका थिए।
प्रकाशित मिति २०७८ असोज १७ गते आईतबार ०७:३९