लोकप्रिय गायिका शान्तिश्री परियार दुर्घटनामा

लोकप्रिय गायिका शान्तिश्री परियार दुर्घटनामा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७५ माघ २ गते बुधबार ०२:४०

कपिलवस्तु ।पछिल्लो समय लोकप्रिय बनेकि लोक तथा दोहोरी गायिका शान्तिश्री परियार सवारी दुर्घटनामा परेकी छन । कपिलवस्तुको गोरुसिंगेमा गायिका सवारी कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । उनको अहिले ग्रान्डी हस्पिटलमा उपचार भैरहेको...

कपिलवस्तु ।पछिल्लो समय लोकप्रिय बनेकि लोक तथा दोहोरी गायिका शान्तिश्री परियार सवारी दुर्घटनामा परेकी छन । कपिलवस्तुको गोरुसिंगेमा गायिका सवारी कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उनको अहिले ग्रान्डी हस्पिटलमा उपचार भैरहेको जनाइएको छ । उपचारपछि अहिले उनको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सोमबार नेपालगन्जको महोत्सव कार्यक्रम सकेर लमजुङ्गको कार्यक्रमको लागि फर्कदै गर्दा उनी सवारी दुर्घटनामा परेकी हुन । घटना सोमबार राती झण्डै साढे १ बजे तिरको हो ।

प्रकाशित मिति २०७५ माघ २ गते बुधबार ०२:४०
प्रतिक्रिया दिनुहोस