पर्वत काे चित्रेमा संसारभरका पर्वतेहरू भेला हुँदै ,भेलाकाे लागि तयारि तिब्र पारिदै

पर्वत काे चित्रेमा संसारभरका पर्वतेहरू भेला हुँदै ,भेलाकाे लागि तयारि तिब्र पारिदै

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ असोज २७ गते बुधबार ०३:१०

स्थाले अधिवेशनका लागि आर्थिक समिति, ब्यबस्थापन समिति, प्रचार प्रसार समिति, समन्वय समिति, प्रमुख अतिथि लगायतका विविध विषयमा समिति गठन गरेको संस्थाका नेपाल प्रतिनिधी मुना भुषालले जानकारी दिनुभयो

पर्यटकीय गाउँ चित्रे संसारभरका पर्वतेलीहरु भेला हुँदैछन् । अन्तराष्ट्रिय पर्वत समाजको निमन्त्रणामा गैह्र आवासीय नेपालीहरु, राजनीतिक नेता, कर्मचारी, पत्रकार, संघसंस्थका प्रमुखहरु भेला हुन लागेका हुन् । भेलाका लागि बिदेश देखि स्वदेश सम्म विभिन्न तयारी भैरहेका छन् ।
अन्तराष्ट्रिय पर्वत समाजले तेस्रो अधिवेशनको लागि आयोजकले तयारी तिव्र गरेको छ । समाजले कात्तिक ४ गते अर्थात अंग्रेजी अक्टोवर २१ तारिखका दिन पर्वतको मोदी गाउँपालिका–७ मा पर्ने पर्यटकिय गाउँ चित्रेमा अधिवेशन आयोजना गरेको हो ।
संस्थाले अधिवेशनका लागि आर्थिक समिति, ब्यबस्थापन समिति, प्रचार प्रसार समिति, समन्वय समिति, प्रमुख अतिथि लगायतका विविध विषयमा समिति गठन गरेको संस्थाका नेपाल प्रतिनिधी मुना भुषालले जानकारी दिनुभयो । अधिबेशनको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको भुषालले बताउनु भयो ।
मोदी गाउँपालिका सँगै जिल्लाको समग्र विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले चित्रेमा अधिवेशन तोकिएको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिनुभयो । चित्रेवाट समाजले कुनकुन क्षेत्रमा लगानी गर्ने र संस्थाका भावी रण्नितिका विषयमा कार्ययोजना तय गरिनेछ ।

प्रकाशित मिति २०७८ असोज २७ गते बुधबार ०३:१०
प्रतिक्रिया दिनुहोस