अन्तराष्ट्रिय पर्वत समाजको तेस्रो महाधिवेशन पर्वतको चित्रेमा हुने भएको छ । कात्तिक ४ गते (भोली बिहिवार) अर्थात अंग्रेजी अक्टोवार २१ तारिखका दिन मोदी गाउँपालिका–८ चित्रेमा महाधिवेशनको आयोजना गरिएको समाजले जनाएको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक एवम् नेपाल प्रतिनिधी मुना भुषालले जानकारी दिनुभयो । भुषालका अनुसार महाधिवेशनको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले उद्घाटनगर्ने कार्यक्रम तय भएको छ ।
समाजले तेस्रो महाधिवेशनमा नयाँ नेतृत्व चयन समेत चयन गर्ने छ । महाधिवेशनमा संसारभर छरिएर रहेका पर्वतेसँगै प्रतिनिधी सभाका साँसद, प्रदेश सभा सदस्य, जनप्रतिनिधी, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायत पर्वत जिल्लामा जन्मिएर राज्यका उच्च तहमा पुगेका व्यक्तिहरुको उपस्थिती रहने छ । कार्यक्रम स्थलसम्म पुग्नको लागि यातायात, खाना र बस्नको समेत व्यवस्थापन गरिएको कार्यक्रम संयोजक भुषालले बताउनु भयो ।
अन्तराष्ट्रिय पर्वत समाज जिल्लाको समृद्धि र विकासमा टेवा पु¥याउने उद्देश्यले संसारभर छरिएर रहेका पर्वतेलीहरुको साझा संस्था हो ।
प्रकाशित मिति २०७८ कार्तिक ३ गते बुधबार ०१:५७