गाडीको ठक्करबाट निलगाईको मृत्यु

गाडीको ठक्करबाट निलगाईको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ कार्तिक १० गते बुधबार ०५:३३

सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निचालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकाको कठौनामा गाडीको ठक्करबाट एक निलगाईको मृत्यु भएको छ । निलगाई आज बिहान मृत अवस्थामा फेला परेको हो ।

सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिंँदा निचालक गाडीसहित फरार छन् । चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
मृत निलगाईलाई प्रहरीले शम्भुनाथ सबडिभिजन वन कार्यालयको जिम्मा लगाएको छ । प्रहरी, कर्मचारी र स्थानीयवासीको रोहवरमा मृत निलगाईलाई खाल्डोमा गाडिने डिभिजन वन कार्यालयका रेञ्जर लक्ष्मण साफीले बताए लगाईको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ कार्तिक १० गते बुधबार ०५:३३
प्रतिक्रिया दिनुहोस