पर्वतको माझफाँटवाट नगद सहित ८ जना जुवाडे फक्राउ

पर्वतको माझफाँटवाट नगद सहित ८ जना जुवाडे फक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ कार्तिक १६ गते मङ्गलबार १०:१८

माझफाँटवाट ८ जना जुवाडे पक्राउ परेका छन्

पर्वत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं। ३ माझफाँटवाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
वडा नं। ३ मल्लाज माझफाँट स्थित केएल खाजा घर संचालक कृष्ण बहादुर बरुवालको घरबाट हारजितको जुवातास खेलीरहेको अवस्थामा नगद रु ८२ हजार ६९० सहित उनिहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोहि ठाउँका याम बहादुर घर्ती क्षेत्री, मनोज बरुवाल, सन्तोष लामिछाने, टेकराज बरुवाल, बिकास भण्डारी, सन्तोष कुँवर, सागर लामिछाने क्षेत्री र मोहन बहादुर जि।सी रहेका छन् ।

विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतवाट प्रहरी निरिक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतवार दिउँसो पक्राउ गरेको हो ।

उनिहरुलाई जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक सात दिनको को म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । लोकतन्त्र अनलाईन बाट ।

प्रकाशित मिति २०७८ कार्तिक १६ गते मङ्गलबार १०:१८
प्रतिक्रिया दिनुहोस