पर्वत- पर्वतको महाशिला गाउँपालिकामा शाहासिक पर्यटक बाईक राईडरको गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
अल्चीच्युट राइडर पोखराको समन्वयमा महाशिलाको पर्यटन बिकासको सम्भाबित अध्यन तथा प्रचारप्रसारको लागि बेलायत, अमेरिका, स्पेन, क्यानडाका बिदेशी राईडर पर्यटकहरु सहितको सोमवार छलफल सम्पन्न भएको छ । छलफलमा महाशिला गाउँपालिका वडा नं। ५ लामे धारामा आवासीय क्याम्प खडा गर्ने र पोखरादेखि कुश्मा(मुस्ताङ जाने र मुस्ताङ कुश्मा महाशिला हुदै पोखरा फर्कने गरि रुट तयार गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।
महाशिला गाउँपालिका वडा न ५ स्थित ऐतिहासिक लामेको धारोमा आवासिय क्याम्प निर्माणको लागी उपयुक्त स्थान रहेकोे निष्कर्ष सहित पहिलो अस्थायी क्याम्प समेत सुरुवात गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चैले जानकारी दिनुभयो । यस्को दीर्घकालीन स्थायी क्याम्प निर्माणको लागि डि पि आर तयार गरिने भएको छ ।
यो रुट नियमित संचालन भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिजनेवल बाइक राइडर हरुको भ्रमण समेत गराईने तयारी भएको छ । अल्चीच्युट राइडर पोखराका संचालक बिशु मगरको पहलमा यो प्रकृया अघि बढेको हो ।
प्रकाशित मिति २०७८ कार्तिक २३ गते मङ्गलबार ०२:२०