रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ कार्तिक २८ गते आईतबार ०२:३७

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका-५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेहरुको परिचय खुलेको छैन । गएराति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको घिमिरेले बताए ।

प्रकाशित मिति २०७८ कार्तिक २८ गते आईतबार ०२:३७
प्रतिक्रिया दिनुहोस