यसैगरी उप सभापति पदमा भने डा. चुडामणी शर्माले अग्रता लिएका छन् । २ पदका लागि भएको उप सभापति पदको निर्वाचनमा शर्माले ५८ मत ल्याएका छन भने कमलराज पौडेलले ३० मत, गोविन्द पाध्याले ४१ मत, शिव प्रसाद सुवेदीले ४५ ल्याएका छन् ।
यसैगरी २ वटा सचिव पदका लागि भएको निर्वाचनमा अशोक उचै ठकुरीले ४७ मत, ओमप्रसाद शर्मा घायलले २० मत, कमल बहादुर अधिकारीले १९ मत, गुप्तनीति शमाृले २७ मत, पानबहादुर हमालले ३२ मत र मोहन आचार्यले ३७ मत ल्याएका छन् ।
उता, उप सचिवका लागि भएको मतगणनामा अच्युट तिवारीले ५८ मत, तिलक प्रसाद भुषालले ४४ मत परशुराम पुरीले ४१ मत र पंकज कुमार क्षेत्रीले २६ मत ल्याएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार जोशी प्यानलले अघि देखिएको छ ।
सभापति पदका उमेदवार मध्ये कुने एक जनाले कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने हुन्छ । अन्तिम मतपरिणाममा ५१ प्रतिशत मत कुनै पनि उमेदवारको नआएमा पहिलो र दोस्रो हुने उमेदवार वीच पुनः मतदान हुने कांग्रेसको विधानमा ब्यवस्था छ ।













