प्याज खानुका यस्ता छन् आश्चर्यजनक आठ फाइदा

प्याज खानुका यस्ता छन् आश्चर्यजनक आठ फाइदा

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ मङ्सिर ११ गते शनिवार ०५:३३

प्याज हामीले प्राय खानासँग र खाजासँग स्वाद अनुसार खाइरहेका हुन्छौ । स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकहरु बताउछन् । यसले शरीरमा भिटामिनको पूर्ति गर्नुका साथै रोग प्रतिरोधात्‍मक क्षमतालाई बढाउने...

प्याज हामीले प्राय खानासँग र खाजासँग स्वाद अनुसार खाइरहेका हुन्छौ । स्वास्थ्यका दृष्टिकोणले प्याज खानु निक्कै फाइदा हुने चिकित्सकहरु बताउछन् ।

यसले शरीरमा भिटामिनको पूर्ति गर्नुका साथै रोग प्रतिरोधात्‍मक क्षमतालाई बढाउने गर्दछ ।

यस्ता छन् प्याज खानुका फाइदा

१। प्याजले रोग शरीरमा प्रतिरोधात्मक क्षमता बढाउँदछ । किनकी यसमा रहेको फाइटोकेमिकल्स तथा भिटामिन सी पाउने पाइन्छ जसले शरीरको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ ।

२। ब्लड सुगमा प्याजले लाभ दिन्छ । किनकी यसमा क्रोमियम नामक ततत्व पाइन्छ जसले ब्लड सुगलाई नियन्त्रण गर्न सहायक बन्छ ।

३। दुखाई कम गर्न प्याजले मद्दत पर्‍याउँछ । काटेको ठाउँमा यसले संक्रमणको काम गर्दछ ।

४। प्याजले खराब कोलेस्ट्रोललाई हटाउने गर्दछ । यसमा पाइने एलडीएलका कारण खराब कोलेस्ट्रोल उत्पादन गर्न दिँदैन ।

५। क्यान्सर रोक्‍नमा सहायकको काम गर्दछ । किनकी यसमा क्वार्शेटिन नामक कम्पाउण्ड पाइन्छ जसले क्‍यान्सर रोक्‍न मद्दत गर्दछ ।

६। मौरीले टोकेको ठाउँमा प्याजले राहत दिन्छ ।

७। यसका साथै यसले ग्यास्ट्रिक अल्सरमा फाइदा गर्छ ।

८। हरियो प्याजमा भरपूर मात्रामा ‘भीटामिन ए’ पाइन्छ । यसैकारण प्याजलाई खानामा पनि समावेश गरेर खाने गरिन्छ ।

प्रकाशित मिति २०७८ मङ्सिर ११ गते शनिवार ०५:३३
प्रतिक्रिया दिनुहोस