पर्वतको धाईरिङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

पर्वतको धाईरिङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ मङ्सिर २५ गते शनिवार ०१:२७

पर्वत – पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुण्टेखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो । ट्याक्टरमा...

पर्वत – पर्वतको जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

धाइरीङको घाखेतबाट मिलनचोकतर्फ जादै गरेको ध १ त ४४५ नम्बरको ट्याक्टर गुण्टेखेतमा सडकमा पल्टिएर दुर्घटना भएको थियो ।

ट्याक्टरमा च्यापीएर धाइरीङका १२ वर्षीय सन्देश परियारको घटनास्थलमै मृत्यु भएको मिलनचोक प्रहरी चौकीले जनाएको छ । मृतकको शव ब्याकुहोलोडरको सहायताले निकालेर परिक्षणका लागि कुश्मा अस्पतालमा पठाइएको चौकीले जनाएको छ ।

दुर्घटना भएको ट्याक्टर मोहित मल्लको भएको बताइएको छ । दुर्घटना भएको ट्याक्टर मिलनचोकबाट हराएको थियो । ट्याक्टरमा तीन जना सवार थिए । सकुशल दुई जनाले आफूहरुले ट्याक्टर मिलनचोकबाट घाखेत लगेर फर्कने क्रममा दुर्घटना भएको बताएका छन् ।

प्रकाशित मिति २०७८ मङ्सिर २५ गते शनिवार ०१:२७
प्रतिक्रिया दिनुहोस