प्‍युठानमा युवा हत्याको आरोपमा दुई जना पक्राउ

प्‍युठानमा युवा हत्याको आरोपमा दुई जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ मङ्सिर २७ गते सोमबार ०१:३२

प्यूठानमा युवक हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्‍युठानका प्रहरी नायव उपरीक्षक...

प्यूठानमा युवक हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

भण्डारीहरुको कूल पूजा हेर्न गएका मोहन महत्तरालाई कुटपिट गरी हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्‍युठानका प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्‍यनारायण थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा प्‍युठानका प्रशन्‍न भण्डारी र कुँवेर मगर रहेका छन् ।

भण्डारी र कुँवरले मंसिर २४ गते कूल पूजामा झगडा हुँदा महत्तरालाई कुटपिट गरी हत्या गरेको उनले बताए छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको  छ ।

प्रकाशित मिति २०७८ मङ्सिर २७ गते सोमबार ०१:३२
प्रतिक्रिया दिनुहोस