पत्रकार सक्षम भयर लाग्नु पर्नै काफ्ले लामिछानेकाे काे धारणा,

पत्रकार सक्षम भयर लाग्नु पर्नै काफ्ले लामिछानेकाे काे धारणा,

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७८ पुस २१ गते बुधबार ०३:०६

पत्रकार राष्ट्रको चौथो अंग भएकाले पत्रकार सक्षम भए मात्र समाजमा सहि सुचना प्रवाह हुने हुदाँ पत्रकार सक्षम हुनुपर्ने कुस्जोमा नगरपालिका का उपप्रमुख सीता काफ्ले लामिछाने ले बताउनु भएकाे छ ।  उहाँले  कुस्ममा संचालित  3 दिने पत्रकारिता...

पत्रकार राष्ट्रको चौथो अंग भएकाले पत्रकार सक्षम भए मात्र समाजमा सहि सुचना प्रवाह हुने हुदाँ पत्रकार सक्षम हुनुपर्ने कुस्जोमा नगरपालिका का उपप्रमुख सीता काफ्ले लामिछाने ले बताउनु भएकाे छ ।  उहाँले  कुस्ममा संचालित  3 दिने पत्रकारिता तालिमकाे उद्घघाटन गर्दै  पत्रकारितालाई राम्रो र मर्यादित बनाउन तिनै तहका सरकार लागि परेको बताउनु भएकाे छ।पर्वतका सञ्चारकर्मीहरुका लागि ३ दिने पत्रकारिता तालिम आज देखि पर्वतको कुश्मामा शुरु भएको हाे  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजना, पर्वत शाखाको समन्वय र कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश र कुश्मा नगरपालिकाको सहयोगमा तालिम शुरुभएको छ।कार्यक्रममा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशका उपसचिव काशिराम गैरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य छविलाल तिवारी, महासंघका पुर्व महासचिव गणेश पौडल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष सोनी शर्मा, लगायतले मनतव्य राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नाराण शर्माको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा स्वागत पर्वत शाखाका अध्यक्ष सन्तोष थापा र सञ्चालन महासंघका महासचिव गोविन्द सुवेदीले गर्नुभएको थियो ।
आज देखि ३ दिन सम्म संचालन हुने तालिमको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र पत्रकार चन्द्र शेखरले सहजिकरण गर्नुहुने छ । तालिममा जिल्ला भरका सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार ०३:०६
प्रतिक्रिया दिनुहोस