अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको १५ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार कुस्ममा एक कार्यक्रम गरि १५ औँ स्मृति दिवस तथा सम्मान कार्यक्रमसम्पन्न गरेको हो । उनले प्रदेश सरकारले गरेका कामको वारेमा जानकारी दिँदै भने,‘हामीले स्तानपान र पाठेघरको क्यान्सर भएका विरामीहरुको खर्च सरकारले व्यहोर्ने गरी योजना बनाएको र कार्यविधी बनाएर अगाडि बढाएका छौँ ।

कोरोनावाट पीडित भएका नागरिकलाई प्रदेश सरकार छ भन्ने अनुभूती दिलाउन मृत्यका परिवारलाई ५० हजार क्षतीपूर्ती दिएका छौँ । अभिभावक गुमाएका १८ बर्षभन्दा मुनीका नावालहरुलाई पढाई खर्च वापत ५ हजार दिएका छौँ । गण्डकी प्रदेशले सडक मानव कार्यक्रम संचालन गरेर सडकमा भेटिएका नागरिकलाई प्रतिव्यक्ति ३ हजारका दरले खर्च व्यहोर्ने गरि आश्रममा लगेर राखेका छौँ ।

कोरोनका कारण प्रभावित भएका साना उद्योगहरुलाई सहुलियतका लागि ३ बर्ष निशुल्क ऋण उपलव्ध गराउने कार्यविधि बनाएको बताए । उनले गठबन्धन सरकार नागरिक सँगै भएको जानकारी गराउँदै नागरिकका समस्यामा सरकार जिम्मेवारी गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य एवम् प्रतिष्ठानका प्रमुख संरक्षक अर्जुनप्रसाद जोशीले जनताका मुद्धामा नेताहरु जोडिन नसक्दा समाजमा राजनीति प्रति वितृष्णा बढ्न थालेको धारणा राख्नुभयो ।

अमृत जोशी जनताको बिचमा पुगेर सेवाभावमा लाग्ने व्याक्ति रहेको हुनाले आज पनि उहाँलाई समाजले सेवाभावले हेर्ने गरेको चर्चा गर्नुभयो । नेता जोशीले राजनीतिलाई जनता सम्म जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले अमृत जोशी स्मृति प्रतिष्ठान सबैको साझा संस्था भएकाले यसलाई काँग्रेस र जोशी परिवार संग नजोडी विशुद्ध सामाजिक संस्थाको रुपमा सञ्चालन गर्न पनि सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति एवम् अमृतप्रसाद जोशीका कान्छा सुपुन्त्र युवराज जोशी, गण्डकी प्रदेशका साँसद ललितकला गुरुङ, कुश्मा नगरपालिका मेयर तथा नेपाली काँग्रेस गण्डकी प्रदेशका सहमन्त्री रामचन्द्र जोशी, नेपाली काँग्रेसका पार्टी सभापति खिमप्रसाद भुषाल, नेकपा एकिकृत समाजवादीका निर्वाचन आयोगका केन्द्रिय सदस्य उदय सुवेदी, जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष एवम् प्रतिष्ठानका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारी, जि.पी फाउण्डेशनका अध्यक्ष बसन्त सिके, गुप्तेश्वर बुहुमुखी क्याम्पसका अध्यक्ष बसन्त कुमार कर्माचार्य, हरिदत्त प्रतिष्ठानका अध्यक्ष अर्जुनवहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार कमलनाथ शर्माले स्वर्गिय अमृतप्रसाद जोशीको जिवनी प्रस्तुत गर्नुभएको थियो ।

स्मृति दिवसको अवसरमा पर्वत जिल्लामा लामो समयदेखि पत्रकारिता संगै सामाजिक कार्यमा योगदान गर्दै आएका क्रियाशिल पत्रकार ओमप्रसाद घायल र भोलानाथ शर्मालाई नगद सहित सम्मान गरिएको छ । त्यस्तै प्रतिष्ठान गठन गर्दा महत्वपूर्ण भूमिका खेलेका तत्कालिन शिवालय गाविसमा ६ वटा बन उपभोक्ता समितिलाई सम्मान र दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो ।

उत्त कार्यक्रममा कुस्मा नगर पालिकाका उप मियर सिता काप्ले लामिछाने , कुस्मा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमान सिङ्ग गुरुङ्ग, बिभिन्न ब्यत्ती हरुको उपस्थी रहेको थियो ।जोशि प्रतिस्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता मा भएको कार्यक्रमको प्रतिष्ठानका उपाध्यक्ष मानकुमारी गिरीको स्वागत तथा प्रतिष्ठानका सचिब माधव पौडेलले कार्यक्रमको संचालन गर्नु भएको थियो ।
प्रकाशित मिति २०७८ पुस २३ गते शुक्रबार ०३:४७