पर्वतको सदरमुकाम कुश्माको एक घरमा आगलागी

पर्वतको सदरमुकाम कुश्माको एक घरमा आगलागी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ बैशाख ८ गते बिहिबार ०७:२३

।पर्वतको सदरमुकाम कुश्माको एक घरमा आगलागी कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोक स्थित गोविन्द टेलरिङमा आगो लागेको हो । कुश्मा नगरपालिकाको दमकलले समयमै आगोलाई नियन्त्रणमा लिएका कारण ठुलो धनजनको क्षति हुन पाएन । जिल्ला प्रहरी...

।पर्वतको सदरमुकाम कुश्माको एक घरमा आगलागी कुश्मा नगरपालिका ५ लोकतान्त्रिक चोक स्थित गोविन्द टेलरिङमा आगो लागेको हो ।

कुश्मा नगरपालिकाको दमकलले समयमै आगोलाई नियन्त्रणमा लिएका कारण ठुलो धनजनको क्षति हुन पाएन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले प्रारम्भिक अनुसन्धानमा घरभित्रको बिजुली सर्ट भई आगलागी भएको हुन सक्ने बताए ।

दमकल सँगै आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र स्थानीय युवाहरू लागि परेका थिए । त्यसतै कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी समेत आगो नियन्त्रणमा लागेका थिए । बागलुङ नगरपालिकाको दमकल समेत आगो नियन्त्रणका लागि आइपुगेको थियो ।

प्रकाशित मिति २०७९ बैशाख ८ गते बिहिबार ०७:२३
प्रतिक्रिया दिनुहोस