पुनः उम्मेदवारी दिन राजीनामा दिँदै पर्वतका जनप्रतिनिधि

पुनः उम्मेदवारी दिन राजीनामा दिँदै  पर्वतका  जनप्रतिनिधि

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ बैशाख ११ गते आईतबार ०१:४२

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेले राजीनामा दिनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन मनोनयन अघि राजीनामा दिनुपर्ने प्रावधान अनुसार शनिवार दुवै जनाले राजीनामा...

पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सिता काफ्ले लामिछानेले राजीनामा दिनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन मनोनयन अघि राजीनामा दिनुपर्ने प्रावधान अनुसार शनिवार दुवै जनाले राजीनामा दिनुभएको हो ।कुश्माका मेयर जोशीले उपमेयर सिता काफ्ले लामिछानेलाई र उपमेयर लामिछानेले मेयर जोशीलाई राजीनामा पत्र बुझाउनुभएको हो । आगामी स्थानीय तहको निर्वाचनमा पुन मेयरको उम्मेदवार बन्न राजीनामा दिएको दुवै जनाले बताउनुभएको छ । सो अवसरमा पाँच वर्षे कार्यकालको प्रगति विवरण समेत सार्वजनिक गरिएको छ ।सिमीत श्रोत र साधनका बाबजुत सन्तोषजनक रुपमा पाँच वर्षमा काम भएको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले नगरपालिकाको प्रमुख प्रशासकिय भवन, सिटी हलसहितको बसपार्क र घण्टाघर निर्माण प्रकृया अघि बढाउँदा बढाउँदै कार्यकाल सकिएको बताउनुभयो । त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारका क्षेत्रमा उल्लेख्य काम भएको उहाँले आफ्नो प्रगतिविवरणमा उल्लेख गर्नुभएको छ ।उद्योग, तथा पर्यटन, वन तथा वातावरण महिला शसक्तिकरण, कृषिको व्यावसायिकरण, पशुपालन, सहकारी लगायतका क्षेत्रमा नगरले धेरै उपलव्धीहरु हासिल गरेको प्रगति विवरणमा उल्लेख गरिएको छ । पाँच वर्षमा आफुले नगरवासीहरुको मन जित्न सफल भएको भन्दै पार्टीले टिकट दिएमा पुनः नगरप्रमुखमा लड्ने र यो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्ने चाहाना रहेको जोशीले बताउनुभयो ।त्यसैगरी उपप्रमुख सिता काफ्ले लामिछानेले पनि आफु कुश्मा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो

प्रकाशित मिति २०७९ बैशाख ११ गते आईतबार ०१:४२
प्रतिक्रिया दिनुहोस