पर्वतको फलेवास नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार गङ्गाधर तिवारी मल्ल विजयी हुनुभएको छ । तिवारीले ७ हजार ७ सय मत प्राप्त गरि विजयी हुनुभएको हो । नेकपा एमालेका मेयर पदका उम्मेदवार पदमपाणी शर्माले 6 हजार ३ सय ३८ मत ल्याएर पराजित हुनुभएको छ ।
बिचमा १३सय ६२मतको अन्तर रहेको छ । उप मेयरमा भने नेकपा माओवादी केन्द्रका उम्मेदवार शोभा छेत्री विजयी हुनुभएको छ । क्षेत्रीले ६ हजार ३ सय ६७ मत ल्याउनुभएको छ । उप मेयरका उम्मेदवार नेकपा एमालेका मन्जु अधिकारीले ६ हजार ५७ मत ल्याउनुभएर पराजित हुनुभयो ।
प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार ०७:२७