पर्वतमा सबारि दुर्घटनामा 1 जनाकाे मृत्यू 13 जना घाईते

पर्वतमा सबारि दुर्घटनामा 1 जनाकाे मृत्यू 13 जना घाईते

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ जेठ ४ गते बुधबार ०२:५८

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जिप र बस एकापसमा ठोकिँदा जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जिप पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग...

पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जिप र बस एकापसमा ठोकिँदा जिपमा सवार १३ जना यात्रु घाइते भएका छन् ।
बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जिप पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग ठोकिएको हो ।
घाइते १३ जनालाई पर्वत जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । गम्भीर घाइते केहीलाई पोखरा पठाइसकिएको र अन्यको पनि सामान्य उपचार पश्चात् पोखरा पठाउने प्रक्रिया भइरहेको पर्वतको प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रअधिकारीले बताएका छन् ।
उनका अनुसार अहिलेसम्म घाइतेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटना के कति कारणले भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति २०७९ जेठ ४ गते बुधबार ०२:५८
प्रतिक्रिया दिनुहोस