कुश्मामा कार्यपालिका सदस्यका लागि १७ जनाको उमेदवारी

कुश्मामा कार्यपालिका सदस्यका लागि १७ जनाको उमेदवारी

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ जेठ १५ गते आईतबार ०५:३६

कुश्मामा कार्यपालिका सदस्यका लागि १७ जनाको उमेदवारी

कार्यपालिका सदस्य निर्वाचनका लागि पर्वतको कूश्मा नगरपालिकामा १७ जनाको उमेदवारी परेको छ । नगरकार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा एमालेका महिला तर्फ ५ तथा दलित र अल्पसंख्यक तर्फ ३ गरी ८ जनाले उमेदवारी दर्ता गराएका छन् ।

यसैगरी कांग्रेसको तर्फबाट महिला तर्फ ५ दलित र अल्पसंख्यक तर्फ ३ जनाको उमेदवारी परेको छ । एकिकृत समाजवादीले १ जना दलित तथा अल्पसंख्यक तर्फ उमेदवारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेले महिला तर्फ सुधा गुरुङ, सविता बि.क, दुर्गा कुमारी शर्मा, रिता कुमारी बि.क., विन्दु कुमारी पौडेललाई उमेदवार बनाएको छ भने दलित तथा अल्पसंख्यक तर्फबाट गोपाल बि.क., शिवलाल सार्की र लखन सुनारलाई उमेदवार बनाएको छ ।

यसैगरी नेपाली कांग्रेसले महिला तर्फ गंगा शर्मा, गीतकुमारी शर्मा, चमकुमारी थापा, मिठु शर्मा र शारदा विकलाई उमेदार बनाएको छ । कांग्रेसले दलित तथा अल्पंख्यक तर्फ डम्बरबहादुर नेपाली, घोले सार्की र शान्ति शर्मा कुमाललाई उमेदवार बनाएको छ ।

प्रकाशित मिति २०७९ जेठ १५ गते आईतबार ०५:३६
प्रतिक्रिया दिनुहोस