जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको नेतृत्वमा बिद्यालयहरुको अवलोकन गरिएको छ । भौतिक पूर्वाधारको अवस्था, शैक्षिक अवस्था र समग्र ब्यवस्थापनको बिषयमा जानकारी लिने उद्देश्यले जलजला गाउँपालिका वडा नम्बर ८ र ९ का बिद्यालयहरुको अवलोकन गरिएको हो । शैक्षिक अवस्थाको सुधार गर्न, भौतिक अवस्था हेरेर आगामी आर्थिक बर्षमा के के बिषयमा बजेटमा प्राथमिकता दिन सकिन्छ भनेर ती बिद्यालयहरुको अवलोकन गरिएको हो ।उ
‘आगामी दिनमा के के बिषयमा बजेटमा प्राथमिकता दिदा शैक्षिक गुणस्तर बढ्छ, त्यहाँको भौतिक पूर्वाधारले सुविधासम्पन्न हुन्छ भन्ने बुझ्नका लागि बिद्यालयहरुको अनुगमन गरिएको हो’ जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले भने । आचार्य नेतृत्वको टोलीले वडा नम्बर ८ नाग्लीवाङको शिव मावि, जनकल्याण मावि, अनोथादोय आवि, तारा आवि, वडा नम्बर ९ बनौस्थित बनौ माविलगायतका बिद्यालयको अनुगमन गरेको जलजला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।
अनुगमन टोलीमा अध्यक्ष आचार्य, प्रमुख प्रशासकिय अधिकृत क्षेत्री, वडा नम्बर ८ का वडा अध्यक्ष हरिविकास जिसी, वडा नम्बर ९ का वडा अध्यक्ष गौबहादुर पुनलगायतको सहभागिता रहेको थियो । विद्यालय वडा कार्यालय लगायत सेवा केन्द्रहरुको वस्तुगत विवरणको अध्ययनवाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न तथा वडा कार्यालय स्वास्थ्य चौकी लगायत सेवा केन्द्रहरुवाट प्रवाह हुने सेवा चुस्त दुरुस्त र गुणस्तरिय प्रभावकारी वनाउन आगामी दिनमा चाल्नुपर्ने पहलकदमीको विषयमा समेत त्यहाँका सरोकारवालाहरुसँग छलफल गरिने जलजला गाउँपालिकाले जनाएको छ
प्रकाशित मिति २०७९ जेठ २४ गते मङ्गलबार ०६:०३