झण्डै ५ किलो हेरोइनसहित ४ जना पक्राउ

झण्डै ५ किलो हेरोइनसहित ४ जना पक्राउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ असार ९ गते बिहिबार ०२:१६

झण्डै ५ किलो हेरोइनसहित ४ जना पक्राउ

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ ।

विगतमा केही मानिसहरुलाई पटक-पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् ।

श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो । त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो ।

प्रकाशित मिति २०७९ असार ९ गते बिहिबार ०२:१६
प्रतिक्रिया दिनुहोस