जलजला गाउँपालिकाले थाल्यो शैक्षिक सुधारका लागि अभियान

जलजला गाउँपालिकाले थाल्यो शैक्षिक सुधारका लागि अभियान

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ असार ३१ गते शुक्रबार ०२:२०

जलजला गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सँग छलफल थालेको छ । गुणस्तरीय एवं प्रभाबकारी शिक्षाको लागि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष,...

जलजला गाउँपालिकाले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सँग छलफल थालेको छ । गुणस्तरीय एवं प्रभाबकारी शिक्षाको लागि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनप्रतिनिधी, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक र विद्यार्थीसँग छलफल तथा अन्तक्रिया कार्यक्रम आयोजना गरेको हो । जलजला गाउँपालिकाले पहिलो चरणमा १ देखि ६ नम्वर वडा भित्र संचालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवालाहरुसँग छलफल तथा अन्तक्रिया कार्यक्रम गरेको जनाएको छ ।सो अवसरमा सहभागिहरुले शिक्षकहरुले सामुदायिक र नीजी विद्यालय बिचको विभेद अन्त्य गर्नुपर्ने, क्षमता र पुर्वाधार भएका विद्यालयहरुलाई प्राविधिक शिक्षा संचालन गर्नदिनुपर्ने, आवश्यकताका आधारमा शिक्षक दरबन्दी र विद्यालय मिलान गर्नुपर्ने, गाउँसुधार कार्यक्रम नीतिगतमा रुपमा ल्याउनु पर्ने, शैक्षिक सुधार र उपलब्धीका लागि नमुना विद्यालयहरुको शैक्षिक भ्रमणको व्यवस्था गर्नुपर्ने लगाएतका मागहरु राखेको थिए ।कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले शिक्षाको विकास भए मात्र अन्य क्षेत्रको विकास हुने भएकाले शिक्षालाई गुणस्तर बनाउन आफूहरु प्रयासमा जुटीरहेको बताउनु भयो । उहाँले विश्व बजारमा प्रतिस्पर्धामा उत्रिन सक्षम जनशक्ति उत्पादनका लागि पालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने अवधारणा अघि सारिएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । अध्यष आचार्यले कुनै पनि बहानामा विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई कडा कारबाही र जिम्मेवार भई उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई सम्मान गरिने बताउनु भयो । उहाँले अबको शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई राज्यको अर्थतन्त्रसँग जोडिनुपर्ने बताउँदै बजारमा बिक्री हुने खालको शिक्षाको जरुरी रहेको औँल्याउनु भयो ।जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले शैक्षिक गुणस्तरीयताका लागि त्रिपक्षीय समन्वय आवश्यक रहेकामा जोड दिनुभयो । उपाध्यक्ष आचार्यले गुणस्तरीय शिक्षाका लागि शिक्षक एक्लैले मात्र नसक्ने भएकाले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले समुदायमा शिक्षाप्रति अझै दायित्व बोध नहुँदा शैक्षिक गुणस्तर कमजोर भएको उल्लेख गर्दै उहाँले अझै पनि विद्यालय व्यवस्थापन समिति राजनीति गर्ने थलोका रुपमा बुझ्दा शिक्षाको विकास कमजोर भएको बताउनु भयो ।

प्रकाशित मिति २०७९ असार ३१ गते शुक्रबार ०२:२०
प्रतिक्रिया दिनुहोस