पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे ।
भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप...
पर्वत–शुक्रवार विहान जलजला गाउँपालिकाका अध्यक्ष यामबहदुर मल्ल रामकृष्णले आफ्नो फेसबुक पेजबाट एउटा भिडियो सार्वजनिक गरे ।
भिडियोमा देखाइएको थियो उनको क्रसर उद्योगमा प्रहरीले घेरिरहेको, मेशिन संचालन गर्न बन्द गरेको र हस्तक्षेप गरेको ।
प्रहरीले जवरजस्ती रुपमा उद्योगमा छिरेर हस्तक्षेप गरेको भन्दै उनले आपत्ति मात्र जनाएका छैनन प्रहरीको ज्यादती र संघीयताको मर्मत विपरितको काम गरेको आरोप समेत गरेका छन् ।
आफु उद्योगमै भएका बेला प्रहरीले हस्तक्षेप गरको अध्यक्ष मल्लको आरोप छ । नियमानुसार संचालन गर्दा पनि प्रहरीले संचालनमा बाधा पु¥याएको मल्लको आरोप रहेको छ ।
उनले प्रहरीलाई यस्ता ज्यादती बन्द गरी अपराध अनुसन्धा, दुर्घटना न्यूनिकरण र अन्य काममा लाग्न आग्रह गरेका छन् । उनले प्रहरीले पटक पटक विभिन्न प्रलोभनमा आफुलाई दुःख दिएको आरोप समेत लगाएका छन् । यता प्रहरीले भने नियम विपरित नदि उत्खनन् गरेर उद्योग चलाएकोको भन्दै अनुगमन गर्न गएको बताएको छ ।
अध्यक्ष मल्लले यदि अवैध नै हो भने उद्योगहरु राज्यले बन्द गरिदिनुप¥यो, होईन भने संचालन गर्न दिनुप¥यो मल्लले भने । उनले सँधै दुःख दिने प्रहरीको नियतले करोडौ रुपैयाँ घाटामा गएको पनि बताउनुभएको छ |
यता जिप्रका पर्वतले भने आफूहरु अहिले त्यहाँ नपुगेको र गाउँपालिका अध्यक्षले कुनै पुरानो भिडियो अपलोड गरेको हुनसक्ने बताए । डिएसपी भुवनेश्वर तिवारीले प्रहरी कुनै बेला अवैध रुपमा नदीजन्य समाग्रीको उत्खनन् भएको बेलामा गएको भिडियो हुनसक्ने बताए ।
हामी त्यहाँ जानु पर्ने कारण अहिले केही छैन, अबैध उत्खनन् र नदीजन्य बस्तुको ढुवानी निकासी हुने गरेको जानकारी हुने बेलामा अनुसन्धानको लागि प्रहरी पुग्ने गरेको बताए ।
यस बारेमा जिल्ला समन्वय समितिका संयोजक मनोह वि पौडेलले प्रहरी र जिल्ला समन्वयले क्रसर व्यवसायीलाई आतंकित नबनाएको बताएका छन् । अबैध उत्खनन् हुने बेलामा प्रहरी नियन्त्रण गर्न जानु स्वभाविक भएको उनको तर्क छ ।
उनले अहिले केही नियमहरु संशोधन गर्नुपर्ने अवस्था रहेका कारण पनि समस्या देखिएको बताउँदै कानून संशोधन हुदाँसाथ समस्या समधान हुने बताए ।
हामी ठ्याक्कै भन्नुपर्दा प्रदेश र स्थानीय सरकारको चेपुवामा छौं उनले भने ।