जनता भन्छन्, ‘पाँच वर्ष कसरी गयो ? अब त केही गरिदेउ

जनता भन्छन्, ‘पाँच वर्ष कसरी गयो ? अब त केही गरिदेउ

धौलागिरी मिडिया

@Dhaulagirimedia

२०७९ कार्तिक २५ गते शुक्रबार ११:०४

दश बर्ष पहिला नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अर्जुन प्रसाद जोशीको पालामा खोलिएका मोटरबाटोले जोशीलाई नै पर्खिएर बसेको भन्दै बनौँबासी नागरिकहरु खुुसी भएका छन् । बिगतमा निर्वाचित जनप्रतिनिधीले राजनीति आग्रह पूर्वाग्रहबाट...

दश बर्ष पहिला नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य अर्जुन प्रसाद जोशीको पालामा खोलिएका मोटरबाटोले जोशीलाई नै पर्खिएर बसेको भन्दै बनौँबासी नागरिकहरु खुुसी भएका छन् ।
बिगतमा निर्वाचित जनप्रतिनिधीले राजनीति आग्रह पूर्वाग्रहबाट काम गरेको भन्दै गठबन्धनको घरदैलो कार्यक्रममा स्थानीयले गुनासो गरेका हुन । जोशीको पालामा भएका शिक्षा, स्वास्थ्य, खानेपानी तथा मोटरबाटोको कुनै स्तरोन्नती नभएको पनि स्थानीयले गुनासो पोखेका छन् । स्थानीयलाई बिभिन्न प्रलोभन देखाएर बिजयी भएपछि गाउँमा एक पटक पनि सांसद गिरी नफर्किएको भन्दै आक्रोश ब्यक्त गरेका हुन ।
शुक्रबार भएको गठबन्धनको कार्यक्रममा बनौ र क्याङ्खवासीले जोशीबाट धेरै बिकासका कामको अपेक्षा गरेको बताएका छन् । यता जोशीले कार्यक्रमा बोल्दै क्याङ्ख र बनौँबासीलाई आँफु बिजय भएपछि धेरै बिकास निर्माणको कामले गति लिने बताए । ‘यहाँको बिशेषता भनेको उच्च भूभागमा फल्ने फलफूल तरकारीदेखि हरेक कुरा स्वस्थ हुन्छ । यहाँका उत्पादनको प्रबद्र्धन सकेमा यहाँका नागरिकले आफुनै खुट्टामा उभिन सक्ने अवस्था हुन्छ,’ नेता जोशीले भने, ‘तर त्यो गर्नको निर्वाचित जनप्रतिनिधिमा इच्छाशक्ति चाहिन्छ । त्यो कत्तिको पूरा भयो भन्ने कुरा यहाँका नागरिकले भोग्नुभएको छ ।’ आलु उत्पादनको पकेट क्षेत्रका रुपमा विकास हुँदै गरेको बनौँलाई अर्गानिक र मिठो आलुको पकेट क्षेत्र बनाउन सके अन्य जिल्लामा निर्यात गरेर बनौँबासीको दैनिकीमा सहज बनाउन सकिने उल्लेख गरे ।
यस्तै, प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार सुदिप कुवँरले बनौँको घरदैलोमा पुग्दा नागरिकको दैनिकीमा अझै पनि सजिलो बन्न नसकेको देखिएको बताए । नेतृत्वले जनताको समस्या समाधानको पहल गरेमा मात्रै जनतालाई सहज हुने उनको भनाई छ ।
कार्यक्रममा उपस्थित भएका बनौँबासीले उम्मेदवार कुँवरसँग आफूहरुको ठाउँको आर्थिक र भौतिक विकासको पहलको लागि अनुरोध गरे । नेता कुँवरले यूवा मिलेर सामूहिक लगानीमा काम गर्न सकेमा रोजगारीको अवसर प्राप्त हुनुका सौथै स्थानीय ठाउँको विकासको लागि पनि सहज हुने बताए । तर स्थानीय र परम्परागत उत्पादनहरुलाई व्यावसायिक बनाउनुपर्ने उनको भनाई छ । ‘स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा बजारमा राम्रो बजार देखिन्छ । कृषिमा पनि माग उस्तै बढेर गइरहेको छ । धेरै मानिसहरु आफैले खेती गर्न छाडेको छन, किनेर खानेको सङ्ख्या बढेको छ,’ उनले भने, ‘यो बेलामा जसले उत्पादन गर्न सक्छ उसैको उत्पादन बिक्री हुन्छ । जसले मिहिनेत गर्छ उसैको जीवन सहज हुन्छ ।’
कार्यक्रममा नेकपा माओवादीका नेता नेत्रनाथ अधिकारी, केन्द्रीय सदस्य गुप्त हमाल, मनहरी तिमिलसेना, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेसका सभापति युवराज जोशी, गण्डकी प्रदेश समिति सदस्य सिता काफ्ले लागायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०७९ कार्तिक २५ गते शुक्रबार ११:०४
प्रतिक्रिया दिनुहोस